पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

डिसी नेपाल
१० भदौ २०८३ २२:०८

गण्डकी। पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अत्याधुनिक एम्बुलेन्ससहित स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली पठाउने भएको छ।

नगरप्रमुख धनराज आचार्यले सहायता टोलीलाई कुन ठाउँमा पठाउने भन्ने विषयमा सुरक्षा निकायसँग आवश्यक परामर्श र समन्वय भइरहेको जानकारी दिए।

प्राकृतिक विपद्को घडीमा राहत तथा उद्धार कार्य एकद्वार प्रणालीमार्फत व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन हुनुपर्नेमा उनले जोड दिए। राहत तथा उद्धारका लागि महानगरपालिकाले सम्बद्ध निकायसँग सम्पर्क, समन्वय र सहजीकरण गरिरहेको प्रमुख आचार्यले बताए।

महानगरका तर्फबाट थप सहयोग र राहत सामग्री पठाइने उहाँको भनाइ छ। विपद्को घडीमा धैर्य, संयम र मानवीय भावना कायम राख्न सबैमा उनको आग्रह छ। आज बिहान आएको बाढीले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएपछि यहाँका अन्य स्थानीय तहले पनि राहत रकम घोषणा गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *