यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

डिसी नेपाल
११ भदौ २०८३ ७:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४४ पैसा तोकिएको छ । यस्तै, युके पाउण्ड स्ट्रलिङको खरिददर २०७ रुपैयाँ ६० पैसा र बिक्रीदर २०८ रुपैयाँ ४१ पैसा तथा स्वीस फ्रयाङ्कको खरिददर १८९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९० रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८५ पैसा तथा क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा कायम भएको छ । सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२० रुपैयाँ ४५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा कायम गरिएको छ । त्यस्तै, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्वीडिस क्रोनर र डेनिस क्रोनरको विनिमयदर पनि निर्धारण गरिएको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *