गोसाइँकुण्डबाट काठमाडौं फर्कंदा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड दर्शन तथा भ्रमण गरी काठमाडौं फर्कने तीर्थयात्री तथा पर्यटकलाई धुन्चेतर्फको नियमित पुरानो मार्ग प्रयोग नगर्न आग्रह गरेको छ।
मन्त्रालयले अर्को सूचना जारी नभएसम्म सुरक्षित यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो।
तोकिएको वैकल्पिक मार्गअनुसार गोसाइँकुण्डबाट सूर्यकुण्ड पास–फेदी–घोप्टेभीर÷म्युजियम–टालु–सिस्पु–घ्याङफेदी–समुन्द्रटार–चौघडा–थानसिङ हुँदै काठमाडौं फर्कन सकिने जनाइएको छ। दुप्चेश्वरबाट समेत यही मार्ग हुँदै काठमाडौं जोडिन सकिन्छ।
नियमित धुन्चे–कालिकास्थान–नुवाकोट÷विदुर हुँदै काठमाडौं जाने पुरानो मार्ग भने अर्को सूचना जारी नभएसम्म प्रयोग नगर्न अनुरोध गरिएको छ।
मनत्रालयले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै वैकल्पिक मार्गबारेको सूचनालाई सबै तीर्थयात्री तथा पर्यटकसम्म पुर्याउन आग्रह गरेको छ। आपत्कालीन अवस्थामा १००, १११४ वा १०२ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
मन्त्रालयले सबै तीर्थयात्री तथा पर्यटकलाई सूचनाको पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment