बाढीपछि धादिङको गल्छी क्षेत्र : भयावह र तहसनहस अवस्थामा (तस्बिरहरू)

डिसी नेपाल
११ भदौ २०८३ १७:३३

धादिङ। रसुवाको लेन्दे खोला र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव धादिङका विभिन्न ठाउँमा देखिएको छ।

बाढीले धादिङ गल्छी क्षेत्रका विभिन्न स्थानमा सडक, पुल तथा नदी किनारका संरचनामा क्षति पुर्‍याएपछि जनजीवन प्रभावित बनेको छ। बाढीको बहाव केही घटे पनि नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको छ।

बाढीका कारण जिल्लाका विभिन्न स्थानमा सडक कटान हुनुका साथै पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। कतिपय स्थानमा सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा समस्या भएको छ भने स्थानीयवासीलाई आवतजावतमा कठिनाइ भएको छ। नदीको तीव्र बहावका कारण त्रिशूली किनारका बस्ती तथा संरचनामा समेत क्षति पुगेको छ।

बाढीपछि सुरक्षाकर्मी तथा स्थानीय तहको टोली प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार, सडक खुलाउने र क्षतिको विवरण संकलनमा जुटेका छन्। जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *