नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट, सुन तोलामा रु ५०० ले घट्यो

डिसी नेपाल
१६ भदौ २०८३ ११:११

काठमाडौं। नेपाली बजारमा मङ्गलबार सुन तथा चाँदीको मूल्यमा पुनः गिरावट आएको छ। गत मङ्गलबारदेखि लगातार ओरालो लागिरहेको सुनको भाउले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य तोलामा रु ५०० ले घटेर प्रतितोला रु तीन लाख छ हजार एक सयमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् सोमबार सुन प्रतितोला रु तीन लाख छ हजार छ सयमा किनबेच भएको थियो। सोमबार मात्रै सुनको भाउ तोलामा रु दुई हजार चार सयले घटेको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट दर्ता भएको छ। सोमबार प्रतितोला रु चार हजार सात सय ८० मा कारोबार भएको चाँदी मङ्गलबार तोलामा रु १५ ले घटेर रु चार हजार सात सय ६५ मा किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस चार हजार चार सय २७ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *