रास्वपाको सचिवालय बैठक वनस्थलीमा जारी, समसामयिक विषय र रणनीतिमा छलफल
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको छ।
पार्टी सभापति रवि लामिछानेले बिहान १० बजेका लागि आह्वान गर्नुभएको उक्त बैठक केही बेरअघिबाट सुरु भएको हो।
बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीका समसामयिक गतिविधि तथा आगामी रणनीतिक योजनाहरूका विषयमा गहन छलफल भइरहेको छ।
बैठकमा सचिवालयका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment