मनिष झाले विश्व समुदायलाई भने- अब नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ (भिडियोसहित)
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको गम्भीर असर नेपालले भोग्नुपरिरहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद झाले बाढी–पहिरोजस्ता प्राकृतिक विपद्का घटनालाई जलवायु परिवर्तनको असरका रूपमा हेर्नुपर्ने बताए। उनले नेपालको कार्बन उत्सर्जन शून्यप्रायः रहेको अवस्थामा पनि जलवायु परिवर्तनका कारण ठूलो जनधनको क्षति व्यहोर्नुपरिरहेको उल्लेख गरे।
विकसित मुलुकहरूले लामो समयदेखि ठूलो मात्रामा कार्बन उत्सर्जन गरेका कारण नेपालजस्ता विकासशील तथा कम उत्सर्जन गर्ने मुलुकहरू बढी प्रभावित भएको उनको भनाइ थियो।
सांसद झाले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्याय र क्षतिपूर्तिको विषयलाई सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिए। जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिको सम्बोधनका लागि विकसित राष्ट्रहरूले जिम्मेवारी लिनुपर्ने उनले बताए।
उनले नेपालले जलवायु क्षतिपूर्ति पाउनुपर्ने दाबी गर्दै प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण तथा प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment