आजदेखि लगातार पाँच दिन सार्वजनिक बिदा

डिसी नेपाल
१९ भदौ २०८३ ६:५३

काठमाडौं। सरकारले  सोमबार र परसी मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै देशभर लगातार पाँच दिन सार्वजनिक बिदा हुने भएको छ। यसअघि श्रीकृष्ण जन्माष्टमी र नियमित सातान्त बिदाका कारण तीन दिन बिदा हुने तय भएकोमा मन्त्रिपरिषद्को पछिल्लो निर्णयले दुई दिन बिदा थपिएको हो।

मन्त्रिपरिषद् बैठकका निर्णयअनुसार रसुवा केन्द्रविन्दु भई भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते (सोमबार) राष्ट्रिय शोक दिवस मनाउँदै सार्वजनिक बिदा दिइने भएको छ।

हिन्दु परम्पराअनुसार विपद्को १३औँ दिन पारेर सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। उक्त दिन देशभरका सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय ध्वजा आधा झुकाइनेछ।

त्यसैगरी, भदौ २३ गते (मङ्गलबार) ‘जेनजी सहिद दिवस’ को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ।

यस निर्णयसँगै शुक्रबार (श्रीकृष्ण जन्माष्टमी), शनिबार र आइतबार (नियमित बिदा), सोमबार (राष्ट्रिय शोक दिवस) र मंगलबार (जेनजी दिवस) गरी सर्वसाधारण तथा सरकारी कर्मचारीहरूले लगातार पाँच दिनको बिदा पाउने भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *