‘क्लब १८’ को कन्सर्टबाट सङ्कलित १ लाख १ हजार राहत कोषमा हस्तान्तरण
काठमाडौं। जडीबुटीस्थित ‘क्लब १८’ ले कन्सर्टबाट सङ्कलित १ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। भदौ १७ गते आयोजित ‘डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट’ कन्सर्टको डोर सेल्स (प्रवेश टिकट) बाट उठेको सो रकम शुक्रबार कोषमा दाखिला गरिएको हो।

बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगार्थ कन्सर्टको आम्दानी राहत कोषमा दिने घोषणा आयोजकले कार्यक्रमअघि नै गरेको थियो। कन्सर्टमा मैथिली र्याप ‘जनचेतना’ बाट चर्चामा आएका डिके सागरको मुख्य प्रस्तुति रहेको थियो भने गायक आश्रम थिङ र गायिका अनिशा तामाङले पनि सांगीतिक प्रस्तुति दिएका थिए।
मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले आयोजित कन्सर्टको रकम राहत कोषमा पठाइएको क्लब १८ ले जनाएको छ। मनोरञ्जनका माध्यमबाट सङ्कलित रकमले विपद् प्रभावित नागरिकको सहयोगमा थोरै भए पनि राहत पुग्ने क्लबका सञ्चालक सुजन श्रेष्ठले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment