सिरहामा १५७ किलोभन्दा बढी गाँजा बरामद, तस्करहरू फरार
सिरहा । सिरहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका–४, इट्टाटारस्थित सीमा क्षेत्रबाट १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार बुधबार बिहान करिब १ः३५ बजे नेपालबाट अवैध रूपमा टाउकोमा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेका व्यक्तिहरूले गस्ती टोलीलाई देखेपछि गाँजा बाटोमै छाडेर फरार भएका थिए।
गस्ती टोलीले उनीहरूले छाडेको गाँजा नियन्त्रणमा लिएको जनाएको छ। बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं। ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमनजंग थापाका अनुसार सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको छ। सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार तथा अन्य अवैध गतिविधिमाथि निगरानी बढाइएको उनले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment