नागरिकको आक्रोश स्वाभाविक, पीडितको चित्कारमा नकारात्मक टिप्पणी नगर्नू : रवि लामिछानेले

डिसी नेपाल
२४ भदौ २०८३ १५:१५

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट ज्यान गुमाएकाहरु जलवायु अन्यायको शिकार भएको बताएका थिए।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले आफ्नो दोष नभएका नेपाली र विदेशी नागरिकले अनाहकमा ज्यान गुमाएको बताउदै समयक्रममा उनीहरुले न्याय पाउने आशा व्यक्त गरेका थिए।

संसदमा सम्बोधन गर्दै लामिछानेले बाढीपछिको राहत र उद्धारमा खटिएका सुरक्षा निकाय, स्थानीय तह र सबै स्थानीयप्रति कृतज्ञता व्यक्त गर्दै उनले सरकारले विपतिपछि तत्काल आफ्ना सबै संयन्त्र परिचालन गरेको बताए। सरकारले बढी पिडितलाई होल्डिङ सेन्टरमा राखेर उनीहरुको सबै जिम्मा लिएको बताउदै बाढी पिडित स्थानीय तहमा संकटकाल घोषणा गरेर राहत, उद्धार र पुनर्स्थापनामा काम शुरु गरेको बताए।

विपदमा सरकार कहाँ छ भन्ने प्रश्न उठेको भन्दै अहिले राज्य सुरुङमा फसेका नागरिकको जीवन बचाउन लागिरहेको, बाढीले बगाएका पुल र सडक बनाउन लागिरहेको बताए। सिमित साधन र स्रोतका बाबजुत सरकार नागरिकको सेवामा लागि रहेको बताए।

लामिछानेले विपदबाट पिडामा रहेका नागरिकको आक्रोश स्वाभाविक रहेको भन्दै यो सरकार र पार्टीप्रतिको भरोसा भएको बताए। त्यस्तै उनले विपदमा परेका नागरिकको चित्कारमा सामाजिक संजालमा नकारात्मक टिप्पणी गर्नेलाई पार्टीले साधारण सदस्यबाट निष्कासित गरिने चेतावनी दिए।

साथै उनले संकटको बेला विपक्षी दलका नेताहरुले सरकारको साथमा रहेको बताएर उत्कृष्ट राजनीतिक संस्कार देखाएको बताए। साथै लामिछानेले केहि दिनमा विपदग्रस्त क्षेत्रमा जनताका कुरा सुन्न जाने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *