ग्यास अभावले बजारमा मुख देखाउन नहुने अवस्था बन्यो : रास्वपा सांसद चौलागाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईले ग्यास अभावका कारण बजारमा मुख देखाउन नहुने अवस्था बनेको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौलागाईले ग्यास अभावका कारण बजारमा मुख देखाउन नहुने अवस्था बनेको बताएका हुन् ।
उनले भने, ‘हामीलाई ग्यासको हाहाकारको कारणले बजारमा अहिले मुख देखाउन नहुने अवस्था बनेको छ। सरकार के हेरेर बस्सेको छ।’
साथै चौलागाईले मंगलबार जेनजी शहिदको नाममा आयोजना गरिएको कार्यक्रममा विवादस्पद व्यक्तिहरुलाई सहभागी गराइएकोप्रति सरकारलाई प्रश्न गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment