एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

डिसी नेपाल
२४ भदौ २०८३ २१:२४

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी आन्दोलनका क्रममा भक्तपुरको बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको अवलोकन गरेका छन्। गत वर्ष भदौमा आफ्नै निवासमा भएको आगजनीपछि ओली घरको अवस्था अवलोकनका गर्न आज उनी त्यहा गएका हुन्।

सो अवसरमा बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त निवासबारे ओलीका पत्नी राधिका शाक्यको अनुभूति पुस्तक ‘सपनाको भग्नावशेष’ आज विमोचन गरिएको छ।

लेखक शाक्यले जनताको मायाका कारण आफूहरू जीवित रहेको बताउँदै अझै पनि ओलीमाथि विभिन्न आरोप र लाञ्छना लगाउने काम भइरहेको गुनासो गरिन्। शाक्यले आफूहरू कर्तव्यपथबाट कहिल्यै पछि नहट्ने दाबी गरिन्।

पुस्तकमा २०८२ भदौ २३ गतेदेखि यही भदौ २४ गतेसम्मका घटनाक्रम र त्यसबीच आफूहरूले भोगेको अवस्थालाई समेटिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *