प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

डिसी नेपाल
२५ भदौ २०८३ १०:२८

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले उक्त बैठक बोलाएका हुन्। बैठकमा मुलुकको समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत तथा प्रभावित नागरिकहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ।

सोही सन्दर्भमा बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्थापनाका कार्यहरूलाई अझ थप प्रभावकारी बनाउन र आवश्यक महत्त्वपूर्ण निर्णयहरू लिन प्रधानमन्त्री शाहले यो बैठक बोलाएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *