रसुवा भोटेकोशी विपद प्रभावितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसको जनशक्ति तयार
काठमाडौं। रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढी-पहिरोबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन नेपाली कांग्रेसले परामर्शदाता जनशक्ति तयार गरेको छ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा केन्द्रीय कार्यालय सानेपामा भदौ २४ गते यससम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
तालिम प्राप्त सहभागीहरूले अब बाढी तथा पहिरोका कारण विस्थापित भई विभिन्न आश्रयस्थलमा बसोबास गरिरहेका परिवारहरूसम्म पुगेर प्रत्यक्ष रूपमा मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ।
विभिन्न क्षेत्रका ४६ जनाको सहभागिता रहेको उक्त प्रशिक्षणमा बाढी प्रभावितहरूले भोगेका मानसिक तनाव, त्रास र अन्य समस्याबारे गहन छलफल भएको थियो।
प्रशिक्षणका क्रममा खासगरी बालबालिका, गर्भवती महिला, अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिक प्राकृतिक विपत्तिबाट मानसिक रूपमा सबैभन्दा बढी प्रभावित र जोखिममा परेको निचोड निकालिएको छ।
उक्त प्रशिक्षण कार्यक्रममा डा. प्रभाकर पोखरेल, डा. रविन बस्नेतका साथै मनोविद्हरू कपिल शर्मा, गृष्मा पनेरू र प्रकाश लामिछानेले सहजीकरण गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment