मन्त्रालयबाट रुँदै बाहिरिइन् आपूर्तिमन्त्री यादव (भिडियोसहित)
काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारबाट दोस्रो मन्त्रीको रूपमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव बाहिरिएकी छन्। एलपी ग्यास अभाव व्यवस्थापनमा असफलता र विवादित अभिव्यक्तिका कारण चौतर्फी दबाबमा परेकी मन्त्री यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिएकी हुन्।
मन्त्रालयबाट राजीनामा दिएर निस्कने क्रममा उनी भावुक हुँदै रोएकी थिइन्। बजारमा देखिएको एलपी ग्यास अभावको मुख्य कारण उद्योगी-व्यवसायी नै भएको दाबी गर्दै मन्त्री यादवले ‘उद्योगी व्यवसायीको पाता नफर्काएसम्म ग्यासको आपूर्ति सहज हुँदैन’ भन्ने अभिव्यक्ति दिएकी थिइन्। उनको यस अभिव्यक्तिप्रति व्यवसायीहरूले कडा आपत्ति जनाएका थिए।
यसका साथै, मन्त्री यादवका अघिल्ला केही निर्णय र कार्यशैलीप्रति पनि प्रधानमन्त्री असन्तुष्ट थिए। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउनुअघि मन्त्रालयमै व्यवसायीहरूसँग भेटघाट गरेको विषयलाई लिएर प्रधानमन्त्री बालेन असन्तुष्ट बनेका थिए।
ग्यास आपूर्ति व्यवस्थापन गर्न नसकेको र समस्या समाधानमा ‘असक्षम’ देखिएको भन्दै बर्खास्तीको तयारी गरिएपछि मन्त्री यादवले राजीनामा दिएको स्रोतले जनाएको छ।
वि.सं. २०८२ चैत १३ गते सरकार गठन भएपछि चैत २७ मा मन्त्री नियुक्त भएकी यादव १५३ दिनको कार्यकालपछि बाहिरिएकी हुन्।
बालेन सरकारबाट बाहिरिने गौरीकुमारी दोस्रो मन्त्री बनेकी छन्। यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डा. दीपक साहलाई प्रधानमन्त्रीले पदमुक्त गरेका थिए।
यो पनि पढ्नुहोस्
उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिइन्
No ads found for this position


डिसी नेपाल
Facebook Comment