भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर दम्पती र दुई सन्तानको कुशको शव बनाएर अन्तिम संस्कार

डिसी नेपाल
२६ भदौ २०८३ ६:५६

बागलुङ। भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता भएका इन्जिनियर दम्पती र उनीहरूका दुई नाबालक सन्तानको फेला पर्ने आशा समाप्त भएपछि परिवारले हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन्।

त्रिशूली-३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका-९ तित्याङका ३३ वर्षीय इन्जिनियर राजेश शर्मा पौडेल, उनकी ३१ वर्षीया पत्नी प्रमिला पाठक, चार वर्षीय छोरा आदित्य र दुई वर्षीया छोरी अदिति लगातार १६ दिनसम्म पनि नभेटिएपछि बिहीबार आफन्तले बागलुङमा दाहसंस्कार गरेका हुन्।

आफन्त विष्णु शर्माका अनुसार बेपत्ता राजेश परिवारका एकमात्र छोरा थिए।

यसैबीच, बाढीका कारण उक्त क्षेत्रमा पुगेको क्षति र बेपत्ताको खोजी अझै जारी छ। जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिशूली हाइड्रोपावर र त्रिशूली-३ बी आयोजनामा कार्यरत बागलुङका मात्रै १६ जना अझै बेपत्ता रहेका छन्।

बेपत्ता हुनेहरूमा तमानखोला गाउँपालिकाका नौ जना, बागलुङ नगरपालिकाका चार जना, ढोरपाटन नगरपालिकाका दुई जना र गलकोट नगरपालिकाका एक जना रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *