प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

डिसी नेपाल
२६ भदौ २०८३ ७:३०

काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १:०० बजे बस्ने बैठकमा दुई महत्त्वपूर्ण संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

प्रतिनिधिसभाको मुख्य बैठकका साथै आज संसद्का विभिन्न छ वटा संसदीय समितिको बैठकसमेत बस्ने कार्यसूची रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *