सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, छापावाल सुन लाख ३ हजार १ सयमा कारोबार

डिसी नेपाल
२६ भदौ २०८३ ११:११

काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ।

चालु साता लगातार उतारचढाव भइरहेको सुनको मूल्य अघिल्लो दिनको तुलनामा शुक्रबार ह्वात्तै घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको छ।

मूल्य घटेसँगै शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कायम भएको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको थियो।

चालु साताको सुरुआतदेखि नै सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ। साताको आइतबार ३ हजार १ सय रुपैयाँले घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको सुन सोमबार पुनः ३ हजार ४ सय रुपैयाँले घट्दै ३ लाख १ हजार ९ सय रुपैयाँमा झरेको थियो।

मंगलबार ३ हजार ५ सय रुपैयाँले उकालो लाग्दै ३ लाख ५ हजार ४ सय रुपैयाँ पुगेको सुन बुधबार फेरि ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै शुक्रबार चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २५५ रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य १०५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको थियो।

यसअघि बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार १०० रुपैयाँले बढेर ४ हजार ७ सय ९० रुपैयाँ पुगेको थियो। यस्तै, सोमबार ३५ रुपैयाँले घटेर ४ हजार ६ सय ९० रुपैयाँमा झरेको चाँदी आइतबार पनि ४० रुपैयाँले घटेर ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *