प्रभु बैंकद्वारा रसुवाका बाढीपीडितका लागि पाल र स्लिपिङ ब्याग सहयोग

डिसी नेपाल
२६ भदौ २०८३ १३:०७

काठमाडौं। रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण घरबारविहीन भएका प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले प्रत्यक्ष राहत सामग्री उपलब्ध गराएको छ

बैंकले १०० थान टेन्ट (पाल) र १०० थान स्लिपिङ ब्याग राहत स्वरूप जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत पीडितहरूलाई हस्तान्तरण गरेको छ। उक्त सामग्री प्रभु बैंकका प्रमुख बजार व्यवस्थापक दीपेन्द्र बाबु विष्टले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई बुझाएका हुन्

यसअघि पनि बैंकको तर्फबाट नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु २,११,११,१११ (दुई करोड एघार लाख एघार हजार एक सय एघार) को चेक हस्तान्तरण गरिसकिएको छ

अकल्पनीय विपद्मा ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले बेपत्ताहरूको उद्धार, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र प्रभावित समुदायप्रति गहिरो संवेदना प्रकट गरेको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *