अर्थमन्त्री समक्ष हस्तान्तरण भएको सहयोग २ अर्ब ७३ करोड नाघ्यो

डिसी नेपाल
२६ भदौ २०८३ १९:५९

काठमाडौं । रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २०८३ भदौ ११ देखि २६ गतेसम्म ४९० संस्था तथा व्यक्तिबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष रु. २ अर्ब ७३ करोड ४६ लाख ३० हजार ६ सय ३४ र १२ लाख १५ हजार ६ सय ५४ अमेरिकी डलर सहयोग हस्तान्तरण भएको छ। उक्त सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

हस्तान्तरण भएको सहयोगमध्ये ४५० संस्थागत निकायबाट रु. २ अर्ब ६५ करोड ७४ लाख ७४ हजार ५ सय ९८ (९७.२ प्रतिशत) र ४० व्यक्तिबाट रु. ७ करोड ७१ लाख ५६ हजार ३६ (२.८ प्रतिशत) प्राप्त भएको छ। कुल रकमको ७८.५ प्रतिशत चेकमार्फत र बाँकी नगद, भौचर तथा अनलाइन माध्यमबाट प्राप्त भएको हो। सबैभन्दा बढी सहयोग भदौ १५ गते ८५ संस्था तथा व्यक्तिबाट रु. ५९ करोड ८७ लाख हस्तान्तरण भएको थियो।

भदौ २६ गते मात्र २२ संस्था तथा व्यक्तिबाट रु. ३० करोड ३२ लाख २८ हजार ७ सय १६ र १० लाख अमेरिकी डलर हस्तान्तरण भएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त प्रत्येक रकम – सहयोग गर्ने निकाय वा व्यक्ति, प्राप्तिको माध्यम, मिति र सो रकमको उपयोगसम्बन्धी नेपाल सरकारको निर्णय – मन्त्रालयको आधिकारिक पोर्टल mofnepal.github.io/rasuwa-flood-update मा दैनिक रूपमा अद्यावधिक गरी सार्वजनिक गरिएको छ।

विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्दै सहयोग गर्ने सम्पूर्ण संस्था तथा व्यक्तिप्रति अर्थ मन्त्रालयले कृतज्ञता व्यक्त गरेको छ। सहयोग गर्न चाहने सबैलाई नेपाल सरकारको आधिकारिक भुक्तानी पोर्टल donate.gov.np मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *