भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपिआइएद्वारा ३१ लाख सहयोग
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपिआइए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
एमपिआइएका अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल र सञ्चालक समिति सदस्यहरूले आफ्ना सदस्य संस्थाहरूबाट सङ्कलित उक्त रकम भदौ २४ गते अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो।
सो सहयोग रकम विपद्का कारण ठूलो क्षति व्यहोरेका नागरिकको उद्धार र राहतका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी प्रदान गरिएको छ।
रकम हस्तान्तरण गर्दै अध्यक्ष मल्होत्राले प्राकृतिक विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउनुभयो। साथै, उहाँले सहयोग जुटाउन योगदान पुर्याउने सबै सदस्य संस्थाहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment