सुनको मूल्यमा वृद्धि: छापावाल सुन तोलामा १ हजार २०० ले बढ्दा चाँदी ६० रुपैयाँले महँगियो
काठमाडाैं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको छ। मूल्य वृद्धि भएसँगै आइतबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार चाँदी तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ६६० रुपैयाँ पुगेको छ। गत शुक्रबार भने चाँदीको मूल्य तोलामा २५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment