बालप्रतिभाकेन्द्रित ‘लिटल डान्सिङ च्याम्प’ आजदेखि काष्ठमण्डप गोल्ड एचडी र युट्युबमा प्रसारण हुँदै
काठमाडौं। बालबालिकाको नृत्य प्रतिभा प्रस्तुत गर्ने उद्देश्यका साथ निर्माण गरिएको ‘एक्स-प्रेस’ डान्सिङ टेलिभिजन रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’को प्रसारण आज (शनिबार) देखि सुरु हुने भएको छ।
साँझ ९ बजे काष्ठमण्डप गोल्ड एचडी टेलिभिजनबाट प्रसारण हुने यो शो ‘हाइलाइट्स नेपाल’को आधिकारिक युट्युब च्यानलमार्फत पनि हेर्न सकिनेछ।

नेपालमा प्रसारण हुँदै आएका परम्परागत रियालिटी शोभन्दा फरक शैली, ढाँचा र तीव्र गति (एक्स-प्रेस फरम्याट) मा तयार पारिएको यस प्रतियोगितामा देशभरबाट छनोट भएका ५० जना बाल नृत्य प्रतिभाहरूले प्रतिस्पर्धा गर्दैछन्। शोमा नृत्यका साथै बालबालिकाको व्यक्तित्व, सिर्जनशीलता, प्रस्तुति कला र मञ्चको आत्मविश्वासलाई विशेष प्राथमिकता दिइएको छ।
‘डान्स, ड्रिम, साउन’ भन्ने मूल नाराका साथ निर्माण गरिएको यस शोको पहिलो र दोस्रो एपिसोड ‘द च्याम्पियन्स राउन्ड’मा केन्द्रित रहनेछ, जुन भोलि आइतबार पनि सोही समयमा प्रसारण हुनेछ।
प्रतियोगिताको पहिलो चरणमा ५० जना बाल प्रतिभाले एउटै मञ्चमा आफ्नो नृत्य कला प्रस्तुत गर्नेछन्। प्रतिभाहरूको मूल्याङ्कन निर्णायकका रूपमा रहेका केशव थापा, बबिता पोखरेल र सरोज प्रजाले गर्नेछन्।
शोको सञ्चालन (होस्ट) त्रिदेवी श्रेष्ठ र रोजिन शाक्यले गर्दैछन्। प्रतियोगितालाई केवल नृत्यमा सीमित नराखी विभिन्न चुनौतीपूर्ण चरण, पारदर्शी मूल्याङ्कन र दर्शक सहभागितामार्फत अगाडि बढाउने अवधारणा राखिएको छ।

ह्वाइट फेदर्स इन्टरटेन्मेन्टको आयोजना तथा जिनो टेक इन्टरनेशनलको व्यवस्थापनमा तयार भएको यस शोका निर्माता त्रिदेवी श्रेष्ठ हुन् भने निर्देशन शानु खानले गरेका छन्।
जिनो स्टुडियोज र पेप्सीकोला स्टुडियो पार्टनरका रूपमा तथा जिनो पेय भोटिङ पार्टनरका रूपमा रहेका छन्। शोको सहायक निर्देशन प्रमित बख्रेलले गरेका हुन् भने व्यवस्थापन टोलीमा स्वीकृति ढकाल, मनिषा बीके, सनिल महर्जन, आर्शु महर्जन, विनोद पोखरेल र सुन्दर हाकाजु रहेका छन्।
निर्देशक शानु खानका अनुसार प्रतियोगिताका विजेताले नगद ३ लाख रूपैयाँका साथै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूमा सहभागी हुने विशेष अवसर प्राप्त गर्नेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment