कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक निर्धारित समयभन्दा केही ढिलो गरी अपराह्न साढे ३ बजेदेखि सुरु भएको हो।
बैठकमा मुख्यगरी पार्टीको आगामी १५औँ महाधिवेशनको कार्यतालिका, तयारी तथा समसामयिक राजनीतिक विषयमा गहन छलफल हुने जनाइएको छ।
महत्त्वपूर्ण एजेन्डामाथि छलफल हुने भएकाले आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्यहरूका साथै सातै प्रदेशका प्रदेश सभापतिहरूलाई समेत अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment