पूर्वसभापति देउवा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो समितिमा रहेका नेताहरूलाई पुनः केन्द्रीय समितिमा फर्किने बाटो खुला गरेको छ।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि गठित नयाँ समितिमा पर्न नसकेका सबै नेताहरूलाई समेट्दै केन्द्रीय समितिमा राख्ने निर्णय गरेको हो।
बैठकको निर्णयबारे जानकारी दिँदै कांग्रेसका एक पदाधिकारीले भने, ‘अघिल्लो समितिमा रहेका सबैलाई केन्द्रीय समितिमा आउन औपचारिक आह्वान गरिन्छ। उहाँहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिकै रूपमा क्रियाशील रहनुहुनेछ।’
ती पदाधिकारीका अनुसार केन्द्रीय समितिमा फर्कन चाहने नेताहरूलाई स्वागत गरिनेछ भने अनिच्छुकहरूका लागि जबरजस्ती नगरिने नीति पार्टीले लिएको छ।
पार्टीले आगामी १५औँ महाधिवेशनको कार्यतालिका पनि तय गरेको छ। जसअनुसार असोज १६ देखि १९ गतेसम्म महाधिवेशन आयोजना गरिनेछ। त्यसअघि असोज ३ र ४ गते वडा तहको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ।
यसैगरी, कांग्रेस संस्थापन पक्षले गत पुस मसान्तसम्म नवीकरण भइसकेका सबै क्रियाशील सदस्यहरूलाई मान्यता दिने निर्णय गरेको छ। यस निर्णयसँगै लामो समयदेखि कायम रहेको सदस्यता नवीकरण सम्बन्धी अन्योल र विवाद समाधान भएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment