झिंगे दाउ २ को ट्रेलर सार्वजनिक

डिसी नेपाल
२८ भदौ २०८३ १९:०३

काठमाडौं। असोजको २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा दाजुभाइ, देउरानी जेठानीको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमा खोज्ने विषयलाई प्रस्तुत गरिएको छ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको यस फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ। फिल्ममा केकी र आँचलको साथमा महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *