राप्रपा काठमाडौं अध्यक्षमा दीपक केसी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला कार्यसमिति अध्यक्षमा दीपक केसी निर्वाचित भएका छन्।
जिल्ला निर्वाचन समितिका संयोजक रामकुमार बस्नेतका अनुसार आज काठमाडौंमा सम्पन्न जिल्ला अधिवेशनबाट केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
केसीले ३९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी ऋद्धिप्रताप राणाले २२० मत प्राप्त गरेका थिए। अर्का उम्मेदवार प्रमोद पौडेलले ३४ मत ल्याएका थिए।
नवनिर्वाचित अध्यक्ष केसी राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वसंयोजक हुन्। उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देननिकट मानिन्छ।
काठमाडौं जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएसँगै राप्रपाका जिल्ला अधिवेशनहरू सम्पन्न भएका जिल्लाको सङ्ख्या ५४ पुगेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment