एसिसी प्रिमियर कप विजेता टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत
काठमाडौं। ‘एसिसी प्रिमियर कप २०२६’ को उपाधि जितेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली गएराति स्वदेश फिर्ता भएको छ। विजयी टोलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
काठमाडौँ ओर्लिएको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का, उपाध्यक्ष रोशनकुमार सिंहलगायतका पदाधिकारीहरूले स्वागत गरेका हुन्। सो अवसरमा सचिव खड्काले टोलीलाई ऐतिहासिक उपाधिका लागि बधाई दिँदै आगामी प्रतियोगिताहरूका लागि शुभकामना व्यक्त गर्नुभयो।
शनिबार सम्पन्न रोमान्चक फाइनल भिडन्तमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि चुमेको हो।
यस जितसँगै नेपालले आगामी वर्ष बङ्गलादेशमा आयोजना हुने प्रतिष्ठित एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। नेपालले एसिया कपमा सहभागिता जनाउन लागेको यो दोस्रोपटक हो। यसअघि सन् २०२३ मा नेपाली टोलीले पहिलोपटक एसिया कप खेलेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment