उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल नियुक्त
काठमाडौं । उज्यालो नेपाल पार्टीले ‘नेसनल युथ पार्लियामेन्ट’ र ‘ग्लोबल युथ पार्लियामेन्ट’का संस्थापक अध्यक्ष दिवाकर अर्याललाई पार्टीको महासचिवमा नियुक्त गरेको छ।
पार्टीका अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा भदौ २८ गते आइतबार बसेको सचिवालयको पूर्ण बैठकले अर्याललाई महासचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
पार्टीले अर्यालको नियुक्तिसँगै उनको नेतृत्वमा रहेको सम्पूर्ण टोलीलाई पार्टीमा प्रवेश तथा गराउने अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।
कार्यक्रममा अर्यालसहित उनको टोलीलाई पार्टी प्रवेश गराउने तथा नवनियुक्त महासचिव अर्याललाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment