एमाले कार्यदल बैठक स्थगित, असोज १ मा मस्यौदा पेस गरिने

डिसी नेपाल
२९ भदौ २०८३ १५:४९

काठमाडौं। नेकपा (एमाले) कार्यदलको बैठक आगामी असोज १ गतेसम्मका लागि स्थगित भएको छ।

शनिबार साँझदेखि काभ्रेको बल्थलीमा जारी कार्यदलको बैठक मस्यौदालाई अन्तिम रूप दिने गरी असोज १ गतेसम्मका लागि स्थगन गरिएको नेता राजन भट्टराईले जानकारी दिए।

बैठकमा उठेका विषयहरूलाई समेटेर प्रतिवेदनको मस्यौदालाई अन्तिम रूप दिन संयोजक रामबहादुर थापा ‘बादल’को नेतृत्वमा तीन सदस्यीय सम्पादन टिमसमेत गठन गरिएको छ।

उक्त सम्पादन टिममा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव एवम् कार्यदलका सदस्य-सचिव शंकर पोखरेल सदस्य रहेका छन्। टिमले तयार पारेको अन्तिम मस्यौदा आगामी असोज १ गते बस्ने बैठकमा पेस गरिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *