चर्चित हिरोले घरमै बोलाएर रात बिताउने प्रस्ताव गरेको अभिनेत्रीको दाबी
काठमाडौं । नेहल भडोलियाले टेलिभिजनदेखि वेब सिरिजसम्मको यात्रा तय गरेकी छन्। नेहल बी ग्रेड चलचित्र ‘जुली’ र ‘गन्दी बात’ मा बोल्ड दृश्य (बोल्ड सिन्स) दिएर प्रसिद्ध भएकी हुन्। उनले लोकप्रिय टेलिभिजन शो ‘तारक मेहता का उल्टा चश्मा’ मा पनि काम गरिसकेकी छन्। त्यसपछि उनी इन्टिमेसी को-अर्डिनेटर बनिन्।
नेहलले आफ्नो करिअरमा कास्टिङ काउचको पनि सामना गरेकी छन्। उनले कैयौँ पटक खुला रूपमा कास्टिङ काउचबारे कुराकानी गरिसकेकी छन्।
सिद्धार्थ कन्ननसँगको एक पुरानो अन्तर्वार्तामा नेहलले एक अभिनेताले आफूलाई आफ्नो घर बोलाएर रात बिताउन भनेको दाबी गरेकी थिइन्।
सो अभिनेताका बारेमा कुरा गर्दै नेहलले भनेकी थिइन्— ‘उहाँ मेरो प्रशंसक (फ्यान) रहनुभएको छ, मलाई भेट्नु पनि भएको छ। मलाई म्यासेज गर्नुहुन्छ, भेट्न बोलाउनुहुन्छ। तर मलाई त्यस्ता मानिसहरूप्रति रिस उठ्छ, किनकि उनीहरूले मलाई फरक नजरले हेर्छन्।’
‘उनीहरूले मेरा बोल्ड प्रोजेक्टहरू हेरेका छन्, र उनीहरू के चाहन्छन् भने म उनीहरूलाई भेटूँ अनि मैले ती प्रोजेक्टहरूमा गरेका बोल्ड दृश्यहरू उनीहरूसँग पनि दोहोर्याऊँ।’
नेहलले अगाडि भनेकी थिइन्— ‘उहाँ आफैँ त्यति ठूलो अभिनेता हुनुहुन्छ, तर उहाँले यो मेरो काम (पेशा) हो भनेर सोच्न सक्नुहुन्न। जसरी तपाईं काम गर्नुहुन्छ, त्यसरी नै यो पनि मेरो काम हो। मेरो कामलाई कामकै नजरले हेर्नुपर्छ।’
नेहलले कसैको नाम नलिई ती अभिनेताले आफूलाई आफ्नो घरमा बोलाएर साथमा रात बिताउन भनेको दाबी गरेकी थिइन्।
नेहलले आफ्नो पुरानो अन्तर्वार्ताको भिडियो क्लिप अहिले पुनः आफ्नो सामाजिक सञ्जालमा शेयर गरेकी छन्, जसका कारण उनी फेरि चर्चामा आएकी छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment