पेट्रोलियम पदार्थको भाउ यथावत् राख्ने आयल निगमको निर्णय

डिसी नेपाल
३० भदौ २०८३ २२:०७

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार र इण्डियन आयल कर्पोरेसन (आईओसी)बाट मूल्य बढेर आएता पनि नेपालमा पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भोटेकोशीमा आएको असाधारण बाढीका कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले मूल्य नबढाउने निर्णय गरेको हो।

इण्डियन आयल कर्पोरेसनले भदौ ३० गते पठाएको नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको थियो। तर, निगमले भदौ ३१ गतेदेखि लागू हुने गरी साविककै खुद्रा बिक्री मूल्य कायम राखेको छ।

नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोल र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम रहेको छ। यस्तै, पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्ज) मा पेट्रोल र डिजेल १९७ रुपैयाँ ५० पैसा तथा दोस्रो वर्ग (सुर्खेत र दाङ)मा १९९ रुपैयाँ प्रतिलिटर कायम छ।

एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर (१४.२ केजी) २ हजार ६० रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ यथावत् छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भइरहँदा पनि खुद्रा बिक्री मूल्य नबढाउँदा निगमलाई १५ दिन (पाक्षिक)मा करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *