रसुवा-भोटेकोशी विपद् र जलवायु परिवर्तनबारे संसदीय विशेष समिति गठन गर्न दलहरूबीच छलफल

डिसी नेपाल
१ असोज २०८३ १४:३३

काठमाडौं।  रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बिनासकारी विपद् तथा जलवायु परिवर्तनका असरबारे अध्ययन एवं सिफारिस गर्न संसदीय विशेष समिति गठन गर्ने विषयमा शीर्ष राजनीतिक दलहरूबीच छलफल भएको छ।

बुधबार सम्पन्न सर्वदलीय बैठकको सहमति अनुसार सिंहदरबारस्थित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हलमा संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता, उपनेता तथा प्रमुख सचेतकहरूबीच छलफल भइरहेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र दीर्घकालीन समाधानका लागि संसदीय विशेष समिति गठन गर्ने उद्देश्यले प्रारम्भिक परामर्श थालिएको हो।

रसुवालगायतका क्षेत्रमा बाढीपहिराले पुर्‍याएको ठूलो भौतिक तथा मानवीय क्षति, राहत सामग्री व्यवस्थापनमा देखिएका जटिलता र भविष्यमा आउन सक्ने विपद्को सामना गर्न एकीकृत रणनीति बनाउन संसद्‌बाटै पहल हुनुपर्ने आवाज उठेपछि दलहरू यसतर्फ अग्रसर भएका हुन्।

शीर्ष नेताहरूबीच समिति गठनको कार्यक्षेत्र  र स्वरूपबारे सहमति जुटेपछि संसद्‌बाट औपचारिक घोषणा गरिने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *