‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को फस्ट लुक आउट, कात्तिक ६ गते सिनेमा घरमा आउने
काठमाडौं । ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को रिलिज डेट घोषणा गरिएको छ। रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म आगामी दशैंको टीकाको पर्सिपल्ट अर्थात् कार्तिक ६ गतेदेखि दर्शकमाझ आउने भएको हो।
शुक्रबार निर्माण टिमले सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कात्तिक ६ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ। पोस्टरमा सिनेमाका मुख्य पात्र काजी (दयाहाङ राई), बिके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ)को चारित्रिक भेषमा प्रस्तुत भएका छन्।
पोस्टरमा काजी अर्थात् दयाहाङ पार्कको एउटा कुर्सीमा हातमा क्रिकेट ब्याट समातेर सोचमग्न भएर बसेका छन्। उनलाई बीके र छन्त्यालले गम्भीरतापूर्वक नियालिरहेको दृश्य दर्शकलाई कौतुहलता जगाउने किसिमको छ।
यसअघि प्रदर्शनमा आएका ‘कबड्डी’का चारै शृङ्खला बक्स अफिसमा ब्लकबस्टर बनिसकेका छन्। विशेष गरी यसको चौथो शृङ्खलाले करिब २२ करोड रुपैयाँको ऐतिहासिक ग्रस कलेक्सन गर्दै लामो समयसम्म सर्वाधिक कमाउने नेपाली सिनेमाको रेकर्ड आफ्नो नाममा सुरक्षित राखेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment