देवानगञ्जमा गोली चलाएको आरोपमा दुई जना नियन्त्रणमा

डिसी नेपाल
३ असोज २०८३ २१:३४

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा गोली चलाएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा देवानगञ्ज-२ का विष्णु यादव र जयकृष्ण यादव रहेका छन्।

शनिबार साँझ भएको गोली प्रहारबाट स्थानीय निरजकुमार यादव घाइते भएका छन्। दाहिने तिघ्रामा गोली लागेका उनको हाल विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै स्थानीय बासिन्दाले आरोपी दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। सोही क्रममा घटनास्थलमा रहेका दुई वटा मोटरसाइकलमा आगजनीसमेत भएको छ।

घटनापछि हुन सक्ने सम्भावित तनाव र अनपेक्षित स्थितिलाई मध्यनजर गर्दै क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बाक्लो संख्यामा परिचालन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *