जनकपुरमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

डिसी नेपाल
४ असोज २०८३ ९:१२

जनकपुरधाम । जनकपुरधाममा घरमा आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकस्थित घरमा गएराति आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो ।

अचानक घरमा आगलागी भएपछि बाहिर निस्कन नसक्दा सहनीको जलेर मृत्यु भएको स्थानीयले बताएका छन् । घटनाका क्रममा उनकी नातिनी भने भागेर सुरक्षित हुन सफल भएकी छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी सहनी अवकाशप्राप्त शिक्षक रहेको बताइएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *