धनकुटामा सुमो दुर्घटना: एक जनाको घटनास्थलमै मृत्यु

डिसी नेपाल
४ असोज २०८३ १०:४७

धनकुटा। धनकुटाको छथर जोरपाटी गाउँपालिका-३ बञ्चरेमा टाट सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

ताङ्खुवाबाट धनकुटा बजारतर्फ आइरहेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान भने अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमन्त भण्डारीले जानकारी दिएका छन्।

दुर्घटनाको विस्तृत विवरण र क्षतिको अवस्था आउन बाँकी रहेको छ। घटनाको जानकारी पाउनासाथ उद्धार तथा थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ खटाइएको डीएसपी भण्डारीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *