बीसौं एसियाली खेलकुद: उसुकी सुस्मिता तामाङ तेह्रौं स्थानमा
काठमाडौं। जापानको आइची-नागोयामा जारी बीसौं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत उसुको महिला चाङछ्वान विधामा नेपालकी सुस्मिता तामाङ तेह्रौं स्थानमा रहेकी छन्।
आइची प्रिफेक्चुरल मार्सल आर्ट्स हलमा सम्पन्न प्रतिस्पर्धामा सुस्मिताले ९.५८० अंक जोड्दै तेह्रौँ स्थान हासिल गरेको नेपाल उसु महासंघले जनाएको छ।
यस विधामा हङकङकी लिडिया हुई यु शामले ९.७१३ अंकसहित स्वर्ण पदक जित्न सफल भइन्। यस्तै, मकाउकी चो मानले ९.७१० अंक प्राप्त गर्दै रजत पदक हात पारिन् भने इन्डोनेसियाकी युजेनिया दिवा विडोडोले ९.७०६ अंकसहित कास्य पदक प्राप्त गरिन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment