ट्रम्पसँग वार्ता भएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- धेरै कुरा परिवर्तन हुनसक्छ
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमा कुराकानी भएको र दुवै नेताहरू न्युयोर्कमा भेटघाट गर्न सहमत भएको जानकारी दिएका छन्।
आइतबार राति सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै जेलेन्स्कीले ट्रम्पसँग हुन लागेको यो बैठकले धेरै कुरा परिवर्तन गर्न सक्ने उल्लेख गरेका छन्।
जेलेन्स्कीले लेखेका छन्, “मैले भर्खरै राष्ट्रपति ट्रम्पसँग कुरा गरेँ। यो एक महत्त्वपूर्ण कुराकानी थियो र हामीले धेरै मुद्दाहरूमा छलफल गर्यौँ। हामी न्युयोर्कमा भेट्न सहमत भएका छौँ र यो बैठकले धेरै कुरा परिवर्तन गर्न सक्छ। कुराकानी अघि बढिरहेको छ।”
“स्टिभ विटकाफ र जेरेड कुश्नरको किभ भ्रमणका लागि मैले राष्ट्रपतिलाई धन्यवाद दिएँ। हामीले आवश्यक कुराहरूमा विस्तारमा छलफल गर्यौँ र उनीहरूले युक्रेनको स्थितिलाई स्वयं देखेका छन्। शान्तिको प्रयास हाम्रो पहिलो प्राथमिकता हो।”
“हामी अमेरिकी टोलीसँग मिलेर काम गरिरहेका छौँ र वास्तवमै ठूला कदमहरू चाल्नका लागि तयार छौँ।”
उनले अगाडि लेखेका छन्, “लिन्डसे ग्राहम बिललाई कानुनको रूप दिनुभएकोमा मैले अमेरिकी राष्ट्रपतिलाई धन्यवाद दिएँ। शान्ति कायम हुनुपर्छ भन्नेमा हामी सबै सहमत छौँ। युक्रेनको पक्षमा उभिने सबैलाई धन्यवाद!”
उल्लेखनीय छ कि, डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेपछि लिन्डसे ग्राहम बिल भर्खरै कानुनको रूपमा लागू भएको छ। यसअघि यो विधेयक अमेरिकी संसद् (कंग्रेस) बाट पारित भएको थियो।
यो कानुनले अमेरिकी राष्ट्रपतिलाई रुसबाट कच्चा तेल वा प्राकृतिक ग्यास खरिद गर्ने शीर्ष पाँच देशहरू (जस्तै भारत र चीन) माथि १००% सम्मको भारी भन्सार महसुल (ट्यारिफ) लगाउने अधिकार प्रदान गर्दछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment