त्रिपुरेश्वरमा चालक आफैंले आगो बसमा आगो लगाए (तस्बिरसहित)

डिसी नेपाल
५ असोज २०८३ १३:३५

काठमाडौं।  काठमाडौँको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको एक यात्रुवाहक बसमा आगलागी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार बसका चालकले आफैँ आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगलागीमा परेर चालक आफैँ घाइते भएका छन्।

घाइते चालकलाई तत्काल उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ। चालकले कुन कारणले बसमा आगो लगाएका हुन् भन्ने विषयमा गहन अनुसन्धान भइरहेको एसएसपी घिमिरेले जानकारी दिनुभयो।

घटनास्थलबाट आगलागी भएको बसलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ भने बसको पूर्ण विवरण र घाइते चालकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *