भोटेकोशी बाढी: मृतकको संख्या १ हजार ४५३ पुग्यो, ४ हजार ७१८ जना अझै बेपत्ता
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४५३ पुगेको छ। बिहीबार बिहान ५ बजेसम्मको अद्यावधिक विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट १ हजार ४५१ जनाको शव फेला परेको छ भने काठमाडौंमा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ।
जिल्लागत विवरणअनुसार सबैभन्दा बढी चितवनमा ३६८ जनाको शव फेला परेको छ। यसैगरी रसुवामा २३६, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०४, गोरखामा ७९, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलन लगायतका कानुनी प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३३ वटा शवलाई माटोमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार ३२९ र आफन्तका २ हजार ३५ गरी कुल ३ हजार ३६४ वटा डिएनए नमुना संकलन गरिएको छ।
साथै, पहिचान हुन नसकेका १ हजार ४२१ वटा शवहरूको विवरण सर्वसाधारणको जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। हालसम्म बेपत्ता रहेका ४ हजार ७१८ जनाको तीव्र रूपमा खोजी कार्य जारी छ। यसैगरी, बाढीबाट विस्थापित भएका १ हजार २८० जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा राखिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment