काभ्रेका १२ स्थानीय तहमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन

डिसी नेपाल
८ असोज २०८३ १०:३२

काभ्रे । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिकास्तरीय अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ।

जिल्लाका कुल १३ स्थानीय तहमध्ये खानीखोला गाउँपालिकाबाहेक १२ वटा स्थानीय तहमा बुधबार अधिवेशन सकिएर सभापतिसहितको नयाँ कार्यसमिति निर्वाचित भएको नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति दिनेश लामाले जानकारी दिए।

अधिवेशनबाट मण्डनदेउपुर नगरपालिकामा रामहरि सापकोटा, पाँचखाल नगरपालिकामा सञ्जय तामाङ, भुम्लु गाउँपालिकामा मञ्जु शाह ठकुरी, धुलिखेल नगरपालिकामा विदुर बस्नेत, पनौती नगरपालिकामा रुपक महत र चौरीदेउराली गाउँपालिकामा राजेश गौतम सभापतिमा निर्वाचित भएका छन्।

यस्तै, तेमाल गाउँपालिकामा बिकुलाल तामाङ, बेथानचोक गाउँपालिकामा डिगमान तामाङ, रोशी गाउँपालिकामा दिल दोर्जे लामा, बनेपा नगरपालिकामा रामराज जोशी, महाभारत गाउँपालिकामा सागर मोक्तान र नमोबुद्ध नगरपालिकामा कृष्ण लामा सभापति बनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *