प्रधानमन्त्री बालेनको राष्ट्रसंघको महासभामा गरेको सम्बोधन दृढ र सार्थक: गोकुल बाँस्कोटा

डिसी नेपाल
९ असोज २०८३ १०:३३

काठमाडौं। नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रस्तुत गरेको सम्बोधनको प्रशंसा गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले प्रधानमन्त्री शाहको सम्बोधन दृढ, सार्थक र जोडदार रहेको टिप्पणी गरेका हुन्।

आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थक नभए पनि प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चमा समग्र देशको भावना र आवाजलाई प्रतिनिधित्व गरेकाले खुसी मनले समर्थन गरेको उनले स्पष्ट पारेका छन्।

उनले फेसबुकमा लेखेका छन्, “प्रम बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ र सार्थक र जोडदार लाग्यो। तर म रास्वपा होइन, उनले देशको भावना बोले-मैले खुसी मनले समर्थन गरेँ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *