मनोहरा खोलामा बाढी: एमाले केन्द्रीय कार्यालय पुनः डुबानको जोखिममा (तस्बिर)

डिसी नेपाल
९ असोज २०८३ १३:०६

ललितपुर। लगातारको अविरल वर्षाका कारण मनोहरा खोला र बागमती नदीमा पानीको सतह अत्यधिक बढेपछि ललितपुरको च्यासल क्षेत्र बाढीको उच्च जोखिममा परेको छ। खोलामा पानीको बहाव बढेर किनार नाघ्न थालेपछि च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालय परिसर पुनः डुबानको जोखिममा परेको हो।

गत वर्ष पनि मनोहरा खोलामा आएको भीषण बाढी पार्टी केन्द्रीय कार्यालयभित्र पस्दा कार्यालय भवन तथा परिसर जलमग्न भई ठूलो क्षति पुगेको थियो। यस वर्ष पनि वर्षा निरन्तर भइरहेकाले खोलाको सतह निरन्तर उकालो लागिरहेको छ।

बाढीका कारण एमाले केन्द्रीय कार्यालयका साथै च्यासल क्षेत्रका स्थानीय बासिन्दा तथा आसपासका भौतिक संरचनाहरू समेत जोखिममा परेका छन्। तटीय क्षेत्रमा बाढीको खतरा बढेपछि सुरक्षा निकायले माइकिङ गर्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अपिल गरेको छ।

(सक्षम घिमिरे / श्रीकृष्ण आचार्य, नेपाल न्यूज बैंक)

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *