तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको सम्भावना

डिसी नेपाल
९ असोज २०८३ १८:३२

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते बिहानसम्मका लागि तीन जिल्लाका ६ वटा स्थानीय तहमा प्रभावमा आधारित भारी वर्षाको पूर्वानुमान जारी गरेको छ।

महाशाखाका अनुसार प्युठान जिल्लाका माण्डवी र सरुमारानी गाउँपालिका, जाजरकोट जिल्लाका नलगाड नगरपालिका र बारेकोट गाउँपालिका तथा बझाङ जिल्लाका केदारस्यूँ र थलारा गाउँपालिकामा भारी वर्षाको उच्च जोखिम रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित पालिकाका बासिन्दाहरूलाई मौसमको सम्भावित अवस्थाप्रति सजग रहन, नियमित रूपमा जारी हुने थप बुलेटिन तथा सूचनाहरूमा ध्यान दिन र आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *