डाक्टरसहितको एस्थेटिक सेवासँगै धुम्बाराहीमा Aloeherbal को नयाँ आउटलेट खुल्दै, विशेष छुट र अफर
काठमाडौं। नेपाली सौन्दर्य तथा व्यक्तिगत हेरचाह क्षेत्रको ब्रान्ड Aloeherbal ले काठमाडौंको धुम्बाराही-सुकधारा रिङरोड नजिक आफ्नो नयाँ अत्याधुनिक आउटलेट तथा डाक्टरसहितको एस्थेटिक सेवा केन्द्र सञ्चालनमा ल्याउने भएको छ। उक्त नयाँ आउटलेटको ग्रान्ड ओपनिङ असोज १० गते शनिबार बिहान १० बजे विशेष कार्यक्रमका बीच आयोजना गरिने कम्पनीले जनाएको छ।
नयाँ केन्द्रबाट ग्राहकले Aloeherbal का स्किन केयर तथा हेयर केयर उत्पादनहरू खरिद गर्नुका साथै विशेषज्ञ डाक्टर तथा प्रशिक्षित जनशक्तिबाट व्यावसायिक छाला परामर्श र विभिन्न एस्थेटिक सेवाहरू प्राप्त गर्न सक्नेछन्।
ब्रान्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल काफ्लेका अनुसार नयाँ आउटलेटलाई केवल उत्पादन बिक्री केन्द्रमा मात्र सीमित नराखी छाला र सौन्दर्यसम्बन्धी परामर्श, उत्पादन अनुभव तथा आधुनिक एस्थेटिक सेवालाई एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो। गुणस्तरीय उत्पादन र विशेषज्ञ परामर्शमार्फत Aloeherbal लाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्य राखिएको उनले बताए।
शुभारम्भमा विशेष छुट तथा अफरहरू:
शुभारम्भको अवसरमा असोज १०, ११ र १२ गतेसम्म आउटलेटमै उपस्थित भई खरिद गर्ने ग्राहकलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। यसका साथै, कुनै पनि पाँचवटा उत्पादन खरिद गर्दा ५५० रुपैयाँ मूल्यको सनस्क्रिन निःशुल्क उपलब्ध गराइनेछ।
साथै ग्राहकले निःशुल्क व्यावसायिक छाला परामर्श, उत्पादन प्रत्यक्ष अनुभव गर्न सकिने ‘डिस्कभर एन्ड ट्राई’ जोन र अग्रिम बुकिङ गर्ने ग्राहकका लागि एस्थेटिक प्रक्रियामा प्रयोग गर्न मिल्ने विशेष भौचर कोडसमेत प्राप्त गर्नेछन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment