निसीखोलाको बाढीले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

डिसी नेपाल
९ असोज २०८३ २१:२६

बागलुङ । अविरल वर्षाका कारण ठाडोखोलामा आएको लेदोसहितको बाढीले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्लाको निसीखोला गाउँपालिका–४ स्थित ठाडाखोलामा सानोखोलाबाट खसेको लेदोसहितको बाढी सडकमा थुप्रिएपछि शुक्रबार साँझदेखि लोकमार्गमा आवागमन ठप्प बनेको हो।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य घर्तीमगरका अनुसार सडकमा ठूलो मात्रामा लेदो र भग्नावशेष थुप्रिएकाले सवारी साधन सञ्चालन हुन सकेका छैनन्। अवरुद्ध सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय बागलुङ र मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयसँग समन्वय भइरहेको भए पनि निरन्तरको वर्षाका कारण पन्छाउने काम सुरु गर्न समस्या भइरहेको उहाँले जानकारी दिनुभयो।

सडक बन्द हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारी साधनहरू बिच बाटोमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्। वर्षा रोकिएलगत्तै डोजर प्रयोग गरेर लेदो हटाई यातायात पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *