कैलाली विद्या निकेतन धनगढीमा कथा लेखन कार्यशाला सम्पन्न
धनगढी। कैलाली विद्या निकेतन धनगढीमा विद्यार्थीको सर्वाङ्गिण विकासमा टेवा पुग्ने हेतुले तीन दिने कथा लेखन कार्यशाला सम्पन्न भएको छ।
विद्यार्थीको सिर्जनशीलता, भाषा, अभिब्यक्ती, कल्पनाशीलताका साथै साहित्यप्रतिको रुचि, पठन संस्कृतिको विकासमा सहयोग पुग्ने भएकोले विद्यालयले कार्यशालाको आयोजना गरेको हो।
असोज ५ गते देखि ७ गते सम्म सन्चालन गरिएको कार्यशालामा कक्षा ६ देखि कक्षा १० सम्मका ५७ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
उक्त कार्यशालाको समापन समारोहका प्रमुख अतिथी सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपती साहित्यकार रामचन्द्र नेपाल थिए। सहभागी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्दै उहाले विद्यालय तहदेखि नै पठन तथा लेखन संस्कृतिको विकास गर्नमा जोड दिँदै विद्यालयले गरेको सिर्जनशील कार्यको प्रसंशा गरे।
विद्यार्थी हरेक सम्भावनाको खानी भएकोले उ भविस्यमा डाक्टर, इन्जिनियर, उधोगी, शिक्षक वा जुनसुकै पेशामा आवद्ध भएता पनि विद्यार्थी असल बन्नु पर्नेमा जोड दिए।जुन कार्यमा विद्यालय तहदेखी नै अभिभावक, विद्यालयले मार्गदर्शन गर्नुपर्ने बताए।

मुख्य प्रशिक्षक बालसाहित्यकार विजयराज आचार्यले बालबालिकामा सिर्जनशीलता विकास गर्न पुस्तक पठन र लेखनमा घरपरिवारले समेत बातावरण बनाउनु पर्ने बताए।
विद्यालयका संस्थापक प्रिन्सिपल टोपेन्द्र शाहले अहिलेको विद्यार्थी पुस्ता मोबाइल लगायत सामाजिक सन्जालमा भासिरहेको अवस्थामा पठन , सिर्जनशील कार्य खस्किरहेको हुदा यस्ता कथा लेखन कार्यशालाले विद्यार्थीमा कल्पनाशीलता, आफ्ना भावना सिर्जनात्मक रूपमा प्रस्तुत गर्न सहयोग पुग्ने उनको भनाइ थियो। साथै पठन संस्कृतिमा विद्यार्थीको रुचि समेत बढने विश्वास ब्यक्त गर्दै यस्ता सिर्जनशील कार्यक्रमको निरन्तरता दिने समेत बताए।
कार्यक्रममा कार्यशाला अवधीमा विद्यार्थीहरूले लेखेका कथा वाचन गरेका थिए। समापन समारोहमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य बिष्णुभक्त खैर, कैलाली जनपुस्तकालयका अध्यक्ष समाजसेवी शिवराज ओझा, सुदूरपश्चिमान्चल साहित्य समाजका सचिव लोकगायक प्रेम बिबश चन्द लगायत पत्रकार , शिक्षक, शिक्षिका, विद्यार्थीको उपस्थिती रहेको कार्यक्रमको उद्घोषण शिक्षक टेकराज भट्टले गरेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment