आजको राशिफल: कस्तो रहनेछ तपाईंको दिन?

डिसी नेपाल
११ असोज २०८३ ६:११

मेष: दिन सामान्य रहनेछ। प्राप्त हुन लागेका अवसरहरू गुम्न सक्ने जोखिम भएकाले सचेत रहनुहोला। स्वास्थ्य र शिक्षाका क्षेत्रमा केही सुधारका संकेत देखिनेछन्। परिवारभित्र भने केही विवाद वा किचलो हुन सक्ने भएकाले संयम अपनाउनुहोला। आज सामाजिक कार्यहरूमा अघि नबढ्नु नै श्रेयस्कर हुनेछ।

वृष: दिन उत्साहजनक छ। रोकिएको वा गुम्न लागेको धन फिर्ता हुने सम्भावना छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा गरिएका प्रयासहरू सफल हुनेछन्। सामाजिक तथा पारिवारिक जीवनमा सबैको राम्रो सहयोग मिल्नेछ। साथै, प्रेम सम्बन्ध थप मधुर र प्रगाढ बन्नेछ।

मिथुन: आजको दिन शुभ रहनेछ। मिठासपूर्ण बोलीका कारण रोकिएका कामहरू बन्नेछन्। स्वास्थ्य र शिक्षामा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। परिवारका सदस्यहरूसँग परामर्श गरेर मात्र नयाँ काम सुरु गर्दा बढी फाइदा हुनेछ।

कर्कट: दिन फलदायी रहनेछ। व्यापार व्यवसायमा राम्रो लाभ मिल्ने देखिन्छ। सामाजिक कार्य एवं सेवामा सहभागी हुने अवसर प्राप्त हुनेछ। शिक्षा, स्वास्थ्य र समाजसेवाको क्षेत्रमा अगाडि बढ्न सक्नुहुनेछ। तर, आफ्नै आफन्तजनबाट धोका हुन सक्ने भएकाले सतर्क रहनुहोला।

सिंह: दिन मध्यम रहनेछ। मनमा अनेक विचार र चञ्चलता बढ्न सक्छ। लामो दूरीको यात्राको योग बनेको छ। धार्मिक वा आध्यात्मिक कार्यबाट दिनको सुरुवात गर्दा मन शान्त रहनेछ। वैदेशिक क्षेत्रमा गरिएको लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ।

कन्या: दिन सकारात्मक रहनेछ। दाजुभाइसँगको सहकार्य र सम्बन्धले विशेष फाइदा पुर्‍याउनेछ। शिक्षाको क्षेत्रमा केही ढिलासुस्ती भए पनि स्वास्थ्य स्थिति अनुकूल रहनेछ। आज अनावश्यक खर्च नियन्त्रण गर्दै अघि बढ्नु बुद्धिमानी हुनेछ।

तुला: आजको दिन केही चुनौतीपूर्ण रहनेछ। त्यसैले धेरै बोल्नुभन्दा मौन रहनु वा विचार पुर्‍याएर बोल्नु हितकर हुनेछ। खर्चमा वृद्धि हुन सक्छ भने सामाजिक क्षेत्रमा बिनाकारण आरोपको सामना गर्नुपर्ने स्थिति आउन सक्छ। यद्यपि, शिक्षा क्षेत्रमा भने प्रगति हुनेछ। प्रत्येक कदममा सचेत रहनुहोला।

वृश्चिक: दिन निकै सहज र राम्रो रहनेछ। व्यापार व्यवसायमा लगानी गर्दा राम्रो प्रतिफल मिल्नेछ। समाजमा तपाईंको मान-सम्मान र प्रतिष्ठा बढ्नेछ भने प्रशंसा गर्नेहरूको सङ्ख्यामा वृद्धि हुनेछ।

धनु: दिन सामान्य रहनेछ। आज राजनीतिक र सामाजिक गतिविधिहरूबाट टाढै रहनु राम्रो हुनेछ। पारिवारिक वातावरणमा केही अविश्वास वा शंका उत्पन्न हुन सक्छ। यद्यपि, स्वास्थ्यमा भने केही सकारात्मक सुधार देखिनेछ।

मकर: दिन अत्यन्तै शुभ छ। लामो समयदेखि रोकिएर रहेका कामहरू आज सफलतापूर्वक सम्पन्न हुनेछन्। स्वदेशी भन्दा वैदेशिक क्षेत्रको लगानीबाट बढी लाभ मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्यरत हुनुहुन्छ भने पदोन्नति वा प्रगति हुने सम्भावना छ।

कुम्भ: दिन राम्रो रहनेछ। धन सञ्चय वा बचत हुनेछ। कुनै रमाइलो यात्राको योजना बन्न सक्छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा नयाँ अवसरहरू हात लाग्नेछन्। तर, पारिवारिक कारणले गर्दा मनमा केही असन्तुष्टि भने रहन सक्छ।

मीन: दिन भाग्यशाली रहनेछ। धन लाभको योग छ। व्यापार व्यवसायमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। राजनीतिक तथा सामाजिक काममा रुचि बढ्नुका साथै परिवारको पूर्ण साथ प्राप्त हुनेछ। प्रेम सम्बन्ध झन् सुमधुर बन्दै जानेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *